Logo १३ कार्तिक २०८२, बिहिबार | Fri Oct 31 2025


फिनल्याण्डमा कोरोनाका कारण एकको मृत्यु, ५ सय २१ संक्रमित


0
Shares

एजेन्सी । फिनल्याण्डमा कोरोनाभाइरस संक्रमणका कारण एक व्यक्तिको मृत्यु भएको छ ।

त्यसैगरी ५ सय २१ जनामा संक्रमण देखिएको छ । फिनिस इन्स्टिच्युट फर हेल्थ एन्ड वेलफेयरले दिएको जानकारीअनुसार हेल्सिन्कीका एक वृद्धको मृत्यु भएको हो ।

फिनल्याण्डका प्रधानमन्त्री साना मरिनले कोरोना संक्रमितको संख्या बढेपछि राज्यमा स्वास्थ्य संकटकालको घोषणा गरेका छन् ।

जसअन्तर्गत सरकारले ठूलो संख्यामा भेला हुन वा सभा–सम्मेलन गर्न निषेध गरेको छ ।

रोकथामका लागि फिनल्याण्डमा १० जनाभन्दा बढी व्यक्तिलाई भेला हुन रोक लगाइएको छ भने देशभर विद्यालयहरू बन्द गरिएको छ ।