बेदकोटका मेयरले छाेडे एमाले « Imagekhabar – Online News Portal of Nepal


बेदकोटका मेयरले छाेडे एमाले


637
Shares

काठमाडौं । नेकपा (एमाले)बाट निर्वाचित भएका कञ्चनपुर बेदकोट नगरपालिकाका नगर प्रमुख अशोककुमार चन्द नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ ।

आज (आइतबार) बेदकोटको दैजीमा आयोजित आमसभामा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नगरप्रमुख चन्दसहित चार जना वडाध्यक्ष र २२ जना कार्यपालिका सदस्य लगायतका जनप्रनिधिहरुलाई पार्टी प्रवेश गराउनुभएको हो ।

पार्टीमा अपमानित र अपहेलित भएपछि त्यहाँ बस्नु उचित नठानेर एकीकृत समाजवादी रोजेको उहाँको भनाइ छ । चन्दले पार्टीभित्र दश बुँदे पक्षधर तथा पूर्वमाओवादीलगायत अनेक नामले अपमानित गर्ने काम भएको जिकिर गर्नुभयो

माधव कुमार नेपाल एमालेमा रहँदा चन्द उहाँ निकट नेता मानिनुहुन्थ्यो । २०५६ मा तत्कालीन दैजी गाविसमा गाउँ कमिटी सदस्यबाट एमाले राजनीतिमा लाग्नु भएका चन्द युवा संघको केन्द्रीय सचिवको जिम्मेवारी समेत सम्हाल्नुभएको थियो ।

एमाले र माओवादी एकीकरणपछि चन्द प्रदेश कमिटी सदस्य बन्नुभएको थियो. ।