Logo १३ कार्तिक २०८२, बिहिबार | Fri Oct 31 2025


भारतको बिहारमा कोरोनाका कारण एकको मृत्यु


0
Shares

एजेन्सी । भारतको बिहारमा कोरोना भाइरस (कोभिड १९) का कारण एकजनाको मृत्यु भएको छ ।

बिहारको राजधानी पटनाको एम्स अस्पतालमा कोरोना भाइरसका कारण एकजनाको मृत्यु भएको हो ।

स्थानीय पत्रकार नीरज हायका अनुसार मृतक मुगेंरमा बस्दथे । पछिल्लो दिन उनी कतारबाट फर्किएका थिए ।

उनको मृत्यु शनिबार बिहान भएको थियो । पछि उनको रिपोर्टमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।

उनको किड्नी फेल भएको थियो । यसका साथै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

 बिहारमा कोरोना संक्रमित अर्का व्यक्ति एनएमसीएचको आइसोलेशन वार्डमा छन् । उनी स्कटल्याण्डबाट फर्किएका थिए ।

आइतबार भन्दा अघि बिहारमा कोरोना भाइरस संक्रमणका कुनै घटना थिएन ।