
बाँके । जमुनाह सीमानाका आजबाट एक हप्ताका लागि बन्द गरिएको छ ।
कोरोना भाइरस संक्रमणको रोकथामको प्रयासमा दुवै देशका यात्रुहरुलाई जमुनाहा नाकाबाट आवतजावत गर्न रोक लगाइएको स्थानीय प्रशासनले जनाएको छ ।
अत्यावश्यक सेवामा भने रोक नलगाइएको र सामानहरु ल्याउन रोकिएको छैन ।
यसअघि दुवै देशका अधिकारीहरुको नेपालगञ्जमा बसेको बैठकले जमुनाहा नाकाबाट आवत–जावत गर्नेहरुको स्वास्थ्य परीक्षण कडा बनाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्