एजेन्सी । भारतको छत्तीसगढमा माओवादी हमलामा सुरक्षाबलका १४ जवान घाइते भएका छन् ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । प्रहरीका अनुसार माओवादीहरुले सुरक्षाबललाई चारतिरबाट घेरेर कोराज डोङ्गरी पहाडको माथिबाट हमला गरेका थिए ।
दुई पक्षबीच केही घण्टाको मुठभेडपछि यस हमलामा घायल केही जवानलाई उनका साथीले घटनास्थलबाट बाहिर निकाल्न सफल भएका थिए ।
उनीहरुलाई एयरलिफ्ट गरेर राजधानी रायपुरको एक निजी अस्पतालमा भर्ती गरिएको थियो । हमलापछि कम्तिमा १७ जवान बेपत्ता भएको बताइएको छ ।
प्रहरीका अनुसार घना जंगल भएको क्षेत्र भएको कारण आइतबार मात्रै यथार्थ अवस्थाबारे जानकारी हुने बताएको छ ।
छत्तीसगढमा यस वर्ष माओवादीको यो सबैभन्दा ठूलो हमला मानिएको छ । छत्तीसगढ माओवादी प्रभावित ठाउँ हो ।
प्रहरीका एक अधिकारीले बीबीसीको कुराकानीमा बस्तरमा पछिल्लो समय माओवादीविरुद्ध ‘अपरेशन प्रहार’ नामक विशेष अभियान चलाइएको जानकारी दिए ।
यही अभियानका लागि शुक्रबार एसटीएफ र डीआरजीका जवानहरुको एक टोली दोरनापालबाट निक्लिएको थियो ।
बुरकापालमा यो टोलीमा सीआरपीएफका जवान पनि शामिल भएका थिए ।
शनिबार दिउँसो चिन्तागुफाा थानाको कसालपाड र मिनपाको बीचमा संदिग्ध माओवादीहरुले सुरक्षाबलको यो टोलीमाथि हमला गरेको थियो । टोली सर्च अपरेशनपछि फर्किरहेको थियो ।
कसालपाड त्यही क्षेत्र हो जहाँ सन् २०१४ मा माओवादीको हमलामा परेर सीआरपीएफको २२३ औँ बटालियनका १४ जवान मारिएका थिए ।




प्रतिक्रिया दिनुहोस्