
अमिर सुनार ।
चितवन, चैत ८ । नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले यही चैत ९ गतेदेखि २१ गतेसम्म सम्पूर्ण कारोबार बन्द गर्ने निर्णय गरेको छ ।
‘कोभिड–१९’ को सम्भावित जोखिम नियन्त्रण गर्ने उद्देश्यले सरकारले चालेको कदमलाई सहयोग गर्न आफू मातहतका सम्पूर्ण कारोबार बन्द गर्ने निर्णय गरेको महासंघका केन्द्रीय उपाध्यक्ष अर्जुन रसाइलीले जानकारी दिए ।
दैनिक दरभाउ र सुन सिफारिस भने बन्द नरहने संघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्