२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


दमौलीमा फुटसल मैदान सञ्चालनमा


0
Shares

तनहुँ, चैत ८ । तनहुँको दमौलीमा पहिलोपटक फुटसल मैदान सञ्चालनमा ल्याइएको छ ।

स्थानीय युवाहरुले एक करोड रुपैयाँ लगानी गरी फुटसल सञ्चालनमा ल्याएका हुन् ।

पछिल्लो समय फुटसलप्रति युवापिँढीको आकर्षण बढ्दै गएकाले फुटसल निर्माण गरिएको सञ्चालक सन्तोष दरैको भनाइ छ ।

दमौलीबजार बाक्लिँदै गएपछि खेलमैदान अभाव भएका कारण जग्गा भाडामा लिएर फुटसल मैदान तयार गरिएको हो ।

चारजना युवाहरु मिलेर व्यास नगरपालिका वडा नम्बर–१, करङकाठमा तीन रोपनी जग्गा भाडामा लिएर फुटसल निर्माण भएपछि बजारक्षेत्रका फुटसलप्रेमीलाई सहज भएको छ ।

तयार पारिएको मैदानमा ‘सेभेन ए साइड’ फुटबल खेल्न मिल्नेछ ।

फुटसलका लागि प्रतिव्यक्ति १५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।