
पोखरा, साउन २५ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले फागुन ७ गतेदेखि हिन्दुराष्ट्र पुनःस्थापनाका लागि आन्दोलन सुरु गर्ने बताएका छन् ।
शुक्रबार पोखरामा आयोजित गन्डकी प्रदेशस्तरीय हिन्दुराष्ट्र पुनःस्थापना राष्ट्रिय जनजागरण कार्यक्रममा उनले ‘हिन्दुराष्ट्र नै नेपालको मूल पहिचान हो’–भने ।
जनताको चाहना नहुँदा–नहुँदै स्वार्थी राजनीतिको कारण विदेशीको इसारामा नेपालमा हिन्दुराज्य हटाएको उनको जिकिर थियो ।
प्रतिक्रिया दिनुहोस्