Logo १७ कार्तिक २०८२, सोमबार | Tue Nov 4 2025


नेपालले मलेसियाविरुद्ध ब्याटिङ गर्दै


117
Shares

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा मलेसियाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा मलेसियाका कप्तान अहमद फैजले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।

खेलमा मलेसिया गर या मरको स्थितिमा मैदान उत्रने छ भने नेपाल सिरिजमा अपराजित रहँदै फाइनल पुग्ने दाउमा हुनेछ ।

नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई १५ रन र दोस्रो खेलमा ३७ रनले हराएको थियो । मलेसियालाई नेपालले ६ विकेटले हराएको थियो । मलेसियाले पपुवा न्युगिनीलाई पहिलो खेलमा ८ रनले हराउँदा दोस्रो खेलमा ८ विकेटले पराजित भएको थियो ।

फाइनल सोमबार हुनेछ ।