Logo १८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026


त्रिकोणात्मक टी–ट्वान्टी सिरिजः आज मलेसिया र नेपाल भिड्दै


143
Shares

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा आज शनिबार नेपाल र मलेसिया भिड्दैछन् ।

त्रिवि क्रिकेट मैदानमा नेपाल र मलेसियाबीच दिउँसो साढे १२ बजे प्रतिस्पर्धा हुनेछ ।

मलेसियालाई पराजित गर्दै नेपाल लगातार चौंथो जित निकाल्न चाहन्छ । नेपाल लगातार तीन खेलमा जितका साथ फाइनलमा पुगि सकेको छ ।

यता, मलेसिया पनि नेपाललाई पराजित गरेर फाइनल पुग्न चाहन्छ । मलेसिया तेस्रो स्थानमा रहेको छ ।

मलेसियालाई नेपालविरुद्धको खेल गर या मरको स्थितिमा रहेको छ । मलेसिया यस खेलमा विजयी भएमा फाइनलमा पुग्नेछ । तर, पराजित हुँदा भने पपुवा न्युगिनी फाइनलमा पुग्ने समिकरण छ ।