३० असार २०८२, सोमबार | Mon Jul 14 2025


चिनियाँ धनाढ्य ज्याकले नेपालसहित एसियाली मुलुकलाई स्वास्थ्य सामग्री सहयोग गर्ने


0
Shares

काठमाडौं, चैत ८ । चिनियाँ धनाढ्य ज्याक माले नेपालसहित नौ एसियाली मुलुकलाई ‘कोरोनाभाइरस’सँग जुध्न आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्ने जनाएका छन् ।

शनिबार ट्वीट गर्दै उनले १८ लाख मास्क, दुई लाख १० हजार टेस्ट किट, ३६ हजार सुरक्षित पोसाक, केही भेन्टिलेटर र थर्मोमिटर दिने बताएका हुन् ।

ज्याक माले यी सामग्री चाँडै पुर्‍याउन सहज नभएपनि यो काम सम्पन्न गरेरै छाड्ने दृढता व्यक्त गरेका छन् ।

सहयोग दिइने मुलुकहरुमा नेपालसहित अफगानिस्तान, बंगलादेश, कम्बोडिया, लाओस, माल्दिभ्स, म्यानमार, पाकिस्तान र श्रीलंका छन् ।

तर, उनले ट्वीटमा कुन मुलुकलाई कुन सामग्री कति परिमाणमा दिइने भन्नेबारे केही खुलाएका छैनन् ।

यसअघि, कोरोना संक्रमण नियन्त्रणमा सहयोग पुर्‍याउन ज्याक माले अमेरिकालगायतलाई पनि सहयोग गरिसकेका छन् ।