
-केदार कटुवाल/ईमेज
उदयपुर । उदयपुरमा केही वर्ष अघिदेखि रोकिएको विमानस्थल निर्माण कार्य पुनः सुरु भएको छ ।
तीन वर्षअघि विमानस्थल निर्माणका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट वातावरणीय प्रभाव मुल्यांकनपछि रोकिएको थियो ।
जनसंख्या तथा वातावरण मन्त्रालयले २०७४ माघमा ईआइए स्वीकृत गरे पनि निर्माण कार्य अघि बढ्न सकेको थिएन ।
त्रियुगा नगरपालिका–२ को जोगिदहस्थित सगरमाथा विमानस्थल निर्माणका लागि कंग र मोथिहाई सामुदायिक वन क्षेत्रमा काटिने रुखका लगत संकलन भएपछि विमानस्थल बन्ने निश्चित भएको हो ।
दुई सामुदायिक वनकोे १ सय ५ बिगाहा क्षेत्रभित्र १८ हजार ४ सय २३ रुख र ७ हजार ६ सय २६ लाथ्रासहित २६ हजार ४९ रुख बिरुवाको लगत संकलन र कटान गर्नुपर्ने भएको वन डिभिजन उदयपुरले जानकारी दिएको छ ।
निर्माणाधिन विमानस्थल एटिआर ७२ डिजाइनको जेटस्ट्रिम एभ्रो उडान र अवतरण गर्न सकिने धावन मार्ग, टर्मिनल भवन, कर्मचारी भवन, दुईवटा ट्याक्सी वे समेतका लागि १ सय ५६ दशमलव ११ हेक्टर जमिन अधिकरण गरिने छ ।
वर्षामा कुहिरो र हिउँदमा हुस्सु नलाग्ने प्राकृतिक वातावरणले गर्दा बाह्रै महिना उडान तथा अवतरण गर्न सकिने प्राविधिकले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्