२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


सान्जेनको सुरुङमार्गको ‘ब्रेक थ्रु’


0
Shares

रसुवा, चैत ७ । रसुवास्थित आमा छोदिङ्मो गाउँपालिका–५ मा निर्माणाधीन सान्जेन जलविद्युत् आयोजनाको मुख्य सुरुङमार्गको शुक्रबार ‘ब्रेक थ्रु’ भएको छ ।

आयोजनाका तीन हजार छ सय चौहत्तर दशमलव आठ मिटर लम्बाइ रहेको मुख्य सुरुङमार्ग शुक्रबार बिहान ब्रेक थ्रु भएको सान्जेन जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।

आयोजनाको ब्रेक थ्रुसँगै सतहत्तर प्रतिशत काम सकिएको छ ।

आयोजनामा अहिले पावरहाउस निर्माण र पेनस्टक पाइप राख्ने काम भइरहेको छ ।

बाँधस्थलतिरको संरचना निर्माणको काम पनि अन्तिम चरणमा पुगेको आयोजनाका सिनियर जिओलोजिष्ट नविन वस्तीले बताए ।

आयोजनाको सिभिलतर्फको निर्माण कार्य एईडब्लु–टुंदीले गरिरहेको छ ।

माथिल्लो सान्जेन जलविद्युत् आयोजनाबाट निस्केको पानी र छुप्तुङ खोलाको पानीलाई मिसाइ तीन हजार छ सय चौहत्तर दशमलव आठ मिटर लामो सुरुङ र नौ सय चालीस मिटर लामो पेनस्टक पाइपबाट चिलिमेमा तीनओटा टर्बाइनमार्फत् बयालीस दशमलब पाँच मेगावाट विद्युत् उत्पादन हुनेछ ।

२०७७ असोजसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्य आयोजनाले राखेको छ ।

सान्जेन जलविद्युत् कम्पनी लिमिटेड चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी हो ।