२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


नेपाल लाइफको प्रवक्तामा सन्तोष प्रसाईं


0
Shares

काठमाडौं, चैत ७ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उपप्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंलाई प्रवक्तामा नियुक्त गरेको छ ।

जीवन बिमा कम्पनीहरूमध्ये करिब एक तिहाइ बजारहिस्सा ओगटेको यस कम्पनीको चुक्तापुँजी जीवन बिमा क्षेत्रकै सर्वाधिक पाँच अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

यस्तै, ८६ अर्ब २६ करोड लगानी रहेको यस कम्पनीका जीवन बिमा कोष ७७ अर्ब ५९ करोड रुपैयाँ र सेयरधनी कोष ८ अर्ब ५९ करोडभन्दा बढी रहेको कम्पनीले जानकारी गराएको छ ।