२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


‘कोरोनाभाइरस’बारे नेपाल ओलम्पिक कमिटीबाट सचेतना प्रदान


0
Shares

काठमाडौं, चैत ७ । नेपाल ओलम्पिक कमिटीले ‘कोरोनाभाइरस’को संक्रमण र यसको रोकथामबारे खेलाडीहरुलाई सचेतना प्रदान गरेको छ ।

शुक्रबार ओलम्पिक कमिटीको भवनमा आयोजित कार्यक्रममा टोकियो ओलम्पिकका लागि ‘वाइल्ड कार्ड’ प्राप्त खेलाडीसहित २२ जनाको सहभागिता रहेको थियो ।

सहभागीलाई डा. बाबुराम मरासिनी र डा. सरोजकृष्ण श्रेष्ठले कोरोनाभाइरस र यसको रोकथामबारे जानकारी गराएका थिए ।

कार्यक्रममा कोरोनाको कारण खेलाडीको प्रशिक्षणमा प्रत्यक्ष असर परेको कारण खेलाडीको स्वास्थ्यलाई मध्यनजर गरेर ‘डाक्टर प्यानल’को गठनसमेत गरिएको छ ।

सचेतना कार्यक्रममा ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायत पदाधिकारीको उपस्थिति रहेको थियो ।