Logo १७ कार्तिक २०८२, सोमबार | Tue Nov 4 2025


त्रिकोणात्मक टी–ट्वान्टी सिरिजः नेपालले पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गर्दै


65
Shares

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

टियु क्रिकेट मैदानमा पपुवा न्युगिनीका कप्तान असाद भालाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।

पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई १५ रन र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

नेपाल अंक तालिकाको शीर्ष स्थानमा रहेको छ भने मलेसिया दोस्रो स्थानमा रहेको छ । पपुवा न्युगिनीले दुई खेलमा अंक जोड्न सकेको छैन । पपुवा न्युगिनी पुछारमा रहेको छ ।