Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


भारतीय नागरिक अग्रवालविरुद्ध कर छली मुद्दा दायर


260
Shares

काठमाडौं । राजस्व अनुसन्धान विभागले भारतीय नागरिक अमितकुमार अग्रवालविरुद्ध कर छलीको मुद्दा दायर गरेको छ ।

भारत पश्चिम बंगाल, सिलगुडी थाना स्थायी ठेगाना भई हाल काठमाडौंको ताहाचलमा बसोबास गर्ने ३२ वर्षे अग्रवालविरुद्ध विभागले ७ करोड ६० रुपैयाँको मुद्दा दायर गरेको हो । विभागका अनुसार अग्रवालको विमला ईण्टरनेशनल फर्मले राजस्व चुहावट गर्ने मनसायले बिजक जारी नगरी अर्डर र इस्टिमेट लुज बिल जारी गरी मालसामान बिक्री गरि राजश्व छली गर्ने गरेको छ ।

अग्रवालले उक्त फर्मबाट हुने आयलाई व्यवसायको आधिकारिक बिक्री आयमा समावेश नगरी नगद घरमै राख्ने गरेको तथा आयकर ऐन तथा मूल्य अभिवृद्धि कर ऐन तथा नियम अनुसार तिर्नुपर्ने राजस्व चुहावट गरेको विभागको ठहर छ ।

विभागले मूल्य अभिवृद्धि कर रु. ३ करोड १७ हजार, आयकर रु. ८ लाख १४ हजार ७५३ रुपैयाँ समेत जम्मा गरी कुल बिगो रु. ३ करोड ८० लाख तथा शत प्रतिशत जरिवाना गरी रु. ७ करोड ६० लाख ६३ हजार कायम गरेको छ ।

विभागले प्रतिवादी अमितकुमार अग्रवालसँग बिगो असूल उपर गरी बिगोको शतप्रतिशत जरिवाना तथा सोही ऐनको दफा २३ को उपदफा (१) (क) बमोजिम कैद सजाय हुन मागदावी लिई अभियोग पत्र दायर गरेको हो ।