
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ ।
बुधबार राति भएको खेलमा बैंगलोरले कोलकत्ता नाइट राइडर्सलाई ३ विकेटले पारजित गरी पहिलो जित दर्ता गरेको हो ।
पहिलो खेलमा बैंगलोरलाई पन्जाब किङ्सले ५ विकेटले हराएको थियो । कोलकत्ताको यो पहिलो हार हो । पहिलो खेलमा कोलकत्ताले चेन्नई सुपर किङसलाई ६ विकेटले हराएको थियो ।
कोलकत्ताले दिएको १ सय २९ रनको लक्ष्य बैंगलोरले १९ ओभर २ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।
बैंगलोरका लागि शेर्फान रुथरफोर्डले सर्वाधिक २८ रन बनाएका थिए । यस्तै, शाहबाज अहमेदले २७, डेभिड विलिले १८, विराट कोहलीले १२ र दिनेश कार्तिक १४ रन बनाए । हर्सल पटेल भने १० रनमा अविजित रहे ।
कोलकत्ताका टिम साउथीले ३, उमेश यादवले २ तथा सुनिल नारायण र बरुणचक्रवर्तीको नाममा १/१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको कोलकत्ताले १८ ओभर ५ बलमा अलआउट हुँदै १ सय २८ रन जोडेको थियो ।
कोलकाताका आन्द्रे रसेलले सर्वाधिक २५ रन बनाए । अन्य कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । साम विलिङ्सले १४, उमेश यादवले १८, कप्तान श्रेयस एयरले १३, सुनिल नारिनेले १२ तथा भरुण चक्रवर्तीले अविजित १० र भेन्काटेस एयरले १० रन बनाए ।
बैंगलोरका वानिन्दु हसरंगाले ४, आकाश दीपले ३, हर्सल पटेलले २ तथा मोहम्मद शिराजको १ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्