Logo ११ फाल्गुन २०८२, सोमबार | Tue Feb 24 2026


सुनसरीमा बम विष्फोट हुँदा दुई जना घाइते


7.2k
Shares

काठमाडौं । सुनसरीको इटहरीमा साेमबार राती भएको बम बिष्फोटमा परी २ जना घाइते भएका छन् ।

इटहरी– २ नवजागृति टोलमा राती ११ बजेतिर सुतली बम बिस्फोट हुँदा डेरा गरी बस्ने २२ वर्षीय रबिन थापा र २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका हुन् ।

थापाको आँखामा चोट लागेकाले उपचारका लागि विराटनगर आँखा अस्पताल लगिएको छ भने गुरुङको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनीहरुको अवस्थामा सामान्य रहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले अरु कसैले पड्काएको भन्दा पनि उनीहरुले नै राखेको सुतली बम विष्फोट भएको हुनसक्ने जनाएकाे छ । घटनास्थलमा हिमाल सुरक्षा परिषद नेपालको पर्चासमेत भेटिएकाे प्रहरीले बताएको छ । विष्फोट र पर्चालाई जोडेर अनुसन्धान भईरहेको पनि प्रहरीको भनाइ छ ।

संघीयता खारेज, हिन्दू राष्ट्र पुनस्थापना, ५ विकास क्षेत्र कायम, नागरिकता छानबिन, भारत–चीन सीमा विवाद समाधान, स्वदेशी उत्पादनलाई प्राथमिकता, एमसीसी सम्झौता खारेजी लगायतका माग राख्दै हिमाल सुरक्षा परिषद् नामक संगठनले गत महिना सशस्त्र युद्ध गर्ने घोषणा गरेको थियो ।

Skip This