
फाइल तस्विर
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बनाईएको बंकरभित्र बसेर विगतमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति र प्रधानसेनापतिसँग गोप्य वार्ता गरेको आरोप लगाउनुभएको छ ।
बालुवाटारमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासँग पनि भेटेर सेटिङमा संसद विघटन गरिएको नेपालले बताउनुभयो ।
आज (आइतबार) पार्टी निकट पत्रकारहरुलाई काठमाडौंमा सम्बोधन गर्दै नेपालले प्रधानसेनापति र राष्ट्रपतिसँग धेरै गोप्य बैठक गर्दै ओलीले मुलुकलाई बंगलादेश मोडलमा लैजान चाहेको आरोप समेत लगाउनुभयो ।
तत्कालीन प्रधानन्यायाधीश राणासँग स्थानीय चुनावमा कुन न्यायाधीश र कुन प्रहरीलाई कहाँ खटाउने भन्नेसम्मको गृहकार्य गरेको नेपालको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्