पूर्वराजा वीरेन्द्र शाहको शालिक स्थापना गरिने « Imagekhabar – Online News Portal of Nepal


पूर्वराजा वीरेन्द्र शाहको शालिक स्थापना गरिने


12.129k
Shares

काठमाडौं । तुलसीपुरमा पूर्वराजा वीरेन्द्र शाहको शालिक स्थापना गरिने भएको छ ।

२०६२/०६३ सालकाे आन्दोलनका बेला तुलसीपुरको वीरेन्द्रचोकमा रहेको शालिक नेकपा माओवादीले तोडफोड गरेकोमा पुन: शालिक स्थापना गर्न लागिएको हो । तुलसीपुर उपमहानगरपालिका ५ का अध्यक्ष वीरेन्द्रकुमार शाहका अनुसार शालिक स्थापना गर्ने काम नेकपा एमाले लगायत दलका नेताले सहयोग नगरेका कारण ढिलाई भएको उहाँकाे भनाइ छ ।

उहाँले सहयोगी र व्यक्तिगत खर्चमा शालिक स्थापना हुन लागेको जानकारी दिनुभयो । साथै उहाँले भावी सन्ततिलाई इतिहास देखाउनका लागि भनेपनि शालिक आवश्यक पर्ने बताउनुभएकाे हाे ।

माओवादीले वीरेन्द्रचोकमा रहेको शालिक आन्दोलनका क्रममा घिसार्दै लगेकोमा पछि खाडल खन्ने क्रममा शालिक फेला परेकोथियो ।