Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


एमाले स्थायी कमिटिको पहिलो बैठक आज बस्दै


52
Shares

काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटीको पहिलो बैठक आज (आइतबार)  बस्दैछ ।

बैठक अपराह्न ३ बजे महाराजगञ्जस्थित रोयल दरबार रेस्ट्रो एन्ड भेन्यूमा बस्ने भएकाे छ । बैठकले चुनाव लक्षित ठोस कार्ययोजना तय गर्ने जनाइएकाे छ ।

बैठकमा हालै सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पारित विषयवस्तुका आधारमा स्थानीय निर्वाचन केन्द्रित ठोस कार्ययोजना बनाएर पार्टी पंक्तिलाई निर्वाचनमा परिचालन गर्ने योजना बनाईने बताईएकाे छ।

स्थायी कमिटीमा पदाधिकारीसहित ४५ जना सदस्य छन् भने चार जना पदेन सदस्य रहेका छन् ।