विश्व नेवाः दिवस मनाइयो, परम्परा जोगाउन संस्कृतिकर्मीको आग्रह « Imagekhabar – Online News Portal of Nepal


विश्व नेवाः दिवस मनाइयो, परम्परा जोगाउन संस्कृतिकर्मीको आग्रह


182
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय विश्व नेवाः दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

नेवारी साहित्य, कला र संस्कृतिको सम्मान र यसको महत्वलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले हरेक मार्च महिनाको अन्तिम शनिबारलाई ‘विश्व नेवाः दिवस’ का रूपमा मनाउने गरिन्छ ।

सांस्कृतिक रूपले निक्कै सम्पन्न मानिने नेवार समुदायको आफ्नौ भाषा र लिपि रहेको छ । विश्वका विभिन्न देशहरूमा जस्तै नेपालमा पनि आज नेवाः सँग सम्बन्धित सङ्घसङ्गठनले यो दिवस मनाउने गर्छन् ।

काठमाडौं उपत्यकामा नेवार समुदायको बाक्लो बसोबास भएकाले विभिन्न कार्यक्रमहरू भएका छन् ।

मरुहिटीमा आयोजित कार्यक्रमका वक्ताहरूले नेवाः सभ्यता र संस्कृति नेपालको पहिचान भएकाले यसको संरक्षणमा लाग्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले सभ्यता र संस्कृति मासिए पहिचान हराउने भएकाले नेवाः परम्पराको जगेर्ना गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले नेवाः भाषा र संस्कृतिको महत्वमाथि प्रकाश पार्दै नयाँ पुस्तालाई आफ्नो पहिचानको बारेमा ज्ञान दिनु पर्ने बताउनुभयो ।

काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्कीले नेवाः पहिचान जोगाउन महानगरपालिकाले थुप्रै काम गरेको बताउनुभयो ।