२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


सामाजिक न्याय नहुँदा आर्थिक विकास हुन सकेन : अर्थमन्त्री शर्मा


78
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रणाली अनुरुपको सामाजिक न्याय हुन नसक्दा गणतन्त्रपछि पनि आर्थिक विकास हुन नसकेको बताउनुभएको छ ।

राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको छलफलमा अर्थमन्त्री शर्माले यस्तो बताउनु भएको हो । उहाँले सामाजिक न्याय र कसरी मौलिक अधिकारलाई परिपूर्ति गर्न सकिन्छ ? भन्ने बारेमा सबै राजनीतिक दलहरुमा आधारभुत एकरुपता हुनुपर्ने बताउनुभयो ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले माओवाद ब्राण्ड समातेर देश विकास नहुने बताउनुभयो । उहाँले माओवादीका नेताहरुलाई आर्थिक विकास र समृद्धिको बारेमा नयाँ ढंगले सोच्न सुझाव दिनुभयो । हिजोको उदारवाद र साम्यवादको मोडेलभन्दा फरक ढंगले अघि जाने आँट गर्नुपर्ने भट्टराईले बताउनुभयो ।

नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकार रहँदा प्रधानमन्त्री स्वारोजगार कार्यक्रमको पैसा बालुवामा पानी हालेझैँ दुरुपयोग भएको आरोप लगाउनुभयो ।
उहाँले नेपालले पनि जथाभावी ऋण लिने हो भने अहिलेको श्रीलंकाको अवस्था हुने बताउनुभयो ।