Logo २२ माघ २०८२, बिहिबार | Fri Feb 6 2026


सरकारमा एकीकृत समाजवादीले सशक्त उपस्थिति देखायो : श्रममन्त्री श्रेष्ठ


52
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवम नेकपा एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठले सरकारमा आफ्नो पार्टीले सशक्त उपस्थिति देखाएको दाबी गर्नुभएको छ ।

उहाँले अझै कतिपय काम अर्को पार्टीको प्रधानमन्त्री भएको हुनाले गर्न नसकिएको बताउनुभयो ।

शुक्रबार काठमाडौंमा आयोजित पार्टी निकट एकीकृत ट्रेड युनियन, महासंघ, नेपाल घोषणा तथा सम्मान समारोहमा मन्त्री श्रेष्ठले केही महिनाभित्र नै नेपाल ट्रेड युनियनभन्दा एकीकृत ट्रेड युनियन महासंघ, नेपाल ठूलो बन्ने दाबी समेत गर्नुभयो ।

त्यसका लागि आवश्यक सहयोग मन्त्रालयबाट आफूले गर्ने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभयो । नेकपा (एकीकृत समाजवादी) सरकारमा गएपछि स्वर्णिम कालको रुपमा ट्रेड युनियन आन्दोलनलाई अघि बढाएको दाबी पनि मन्त्री श्रेष्ठले गर्नुभयो ।

मन्त्री श्रेष्ठले एकीकृत ट्रेड युनियन महासंघ, नेपालमा आवद्ध भएका सदस्यहरुलाई राजनीति नभइ श्रमिकका हकहीतको बारेमा सोच्न पनि आग्रह गर्नुभयो ।