Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


गठबन्धन गर्न केपी ओली ज्ञानेन्द्रको निवास पुगे : माधवकुमार नेपाल


2.5k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली गठबन्धन गर्न पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा पुगेको आरोप लगाउनुभएको छ ।

काठमाडौंमा शुक्रबार अखिल नेपाल महिला संघ (समाजवादी)को महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले ओली राप्रपासँग गठबन्धन गर्न खोजेको आरोप लगाउनुभयो ।

‘उनी(ओली) पनि गठबन्धन गर्दैछन् । कोसँग थाहा छ ? सुटुक्क ज्ञानेन्द्रको निवासमा पुग्ने गरेका छन्,’ उहाँले भन्नुभयो, ‘राप्रपासँग साँठगाँठ गर्न खोजेका छन् । विदेशीसँग दलाली गर्न पार्टीसँग तालमेल मिलाउन खोजिरहेका छन् ।’

अध्यक्ष नेपालले आसन्न निर्वाचनमा आफू कमजोर हुने भएपछि एमाले अध्यक्ष केपी ओली सत्तारुढ गठबन्धन तोड्ने प्रयास गरिरहेको आरोप लगाएका हुन् ।

उहाँले भन्नुभयो, ‘सत्तारुढ गठबन्धनलाई तोड्न केपी ओली लागिपरेका छन् ।’

आसन्न निर्वाचनमा गठबन्धन आवद्ध दलहरूबीच तालमेल गरेर अघि बढ्ने बताउँदै उहाँले गठबन्धन बाहिरका विचार मिल्ने दलहरू पनि तालमेल गर्न प्रस्ताव आएको जानकारी गराउनुभयो ।

सत्तारुढ गठबन्धन तोड्ने प्रयास गरिरहेका ओली पनि गठबन्धन बनाएर चुनावमा जान खोजेको अध्यक्ष नेपालको भनाइ छ ।