
काठमाडौं । मुस्लिम समुदायको साँस्कृतिक, धार्मिक, शैक्षिक क्षेत्रको जर्गेना गर्ने उदेश्यले काठमाडौंको बल्खुमा इस्लामिक सांस्कृतिक केन्द्रकाे भवन स्थापना गरिएको छ ।
नवनिर्मित इस्लामिक सांस्कृतिक केन्द्र भवनको उपराष्ट्रपति नन्दबहादुर पुनले आज (शुक्रबार) उद्घाटन गर्दै नेपालमा रहेका धार्मिक समुदायबीच थप घनिष्ठ सम्बन्ध स्थापित हुने विश्वास व्यक्त गर्नुभयो । नेपालको राजनैतिक परिर्वतनमा मुस्लिम समुदायको महत्वपूर्ण भूमिका रहेको भन्दै उहाँले आफ्नो इतिहासप्रति गर्व गर्न मुस्लिम समुदायसँग आग्रह गर्नुभयो ।
मुस्लिम समुदायमा रहेको कुरीति, अन्धविश्वासलाई अन्त्य गर्दे सामाजिक, आर्थिक, शैक्षिक परिवर्तनको लक्ष्यलाई पुरा गर्न नवनिर्मित भवनबाट सहयोग मिल्ने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले मुस्लिम समुदाय उत्पीडि़त समुदाय भएकोले राजनैतिक परिवर्तनसँगै आर्थिक समृद्धिको लागि पनि संघर्ष गर्न उपराष्ट्रपति पुनले आग्रह गर्नभयो ।
इस्लामी संघ नेपालका अध्यक्ष खुर्शीद आलम इस्लाहीले सकारात्मक विचारको उत्थान र चरित्रवान समाजको निर्माणमा गरेर अगाडि बढ्नको लागि सांस्कृतिक केन्द्रले सहयोग गर्ने बताउनुभयो । सांस्कृतिक केन्द्रमा मुस्लिम समुदायको भेषभुषा, रहनसहन र लोपोन्मुख परम्परागत सम्पदासहित पुस्तकालयको संरक्षण गरीने छ ।
इस्लामी संघ नेपालले इस्लामिक सांस्कृतिक केन्द्र भवन निर्माण गरेको हो ।
प्रतिक्रिया दिनुहोस्