२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


कोरोना कहरः मृतकको संख्या सात हजार ९६५ पुग्यो, ८१ हजार ७३४ जना उपचार पछि घर फर्के


0
Shares

एजेन्सी । यूरोपमा कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित इटालीमा थप ३ सय ४५ जनाको मृत्यु भएको छ ।

त्यहाँ मृतकको संख्या २५ सय नाघेको छ भने संक्रमितको संख्या ३१ हजार ५०६ रहेको छ । इरानमा पनि थप १ सय ३५ जनाको मृत्यु भएको छ ।

त्यहां मृतकको संख्या ९ सय ८८ र संक्रमित १६ हजार १६९ पुगेका छन् । स्पेनमा पनि थप १ सय ९१ जनाको मृत्यु भएको छ ।

फ्रान्समा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७५, अमेरिकामा १ सय ९ पुगेको छ ।

विश्वमा कोरोना भाइरसबाट १ लाख ९८ हजार १ सय ८१ जना संक्रमित भएका छन् भने मृतकको संख्या ७ हजार ९६५ पुगेको छ । ८१ हजार ७३४ जना उपचार पछि निको भएका छन् ।