
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरसलाई चिनियाँ भाइरस भनेकोमा चीनले कडा आपत्ति जनाएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेंग शुआंगले अमेरिकालाई चेतावनी दिंदै चीनलाई गाली दिनुभन्दा आफ्नो काममा ध्यान दिन भनेको छन् ।
गत हप्ता मात्र चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले कोरोना भाइरसलाई एक षड्यन्त्र भन्दै अमेरिकी सेनाले चीनमा कोरोना भाइरस लिएर आएको आरोप लगाएका थिए ।
तर अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चीनले गलत सुचना फैलाएको आरोप लगाएका थिए । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई लिएर कुनै खास समुह या क्षेत्रसंग जोड्नु गलत भएको बताएको छ ।
चीनको वुहान शहर कोभिड १९ को उद्गम थलो मानिन्छ । गत सेप्टेम्बरमा पहिलो पटक यहां कोरोना भाइरसको संक्रमण फेला परेको थियो ।
प्रतिक्रिया दिनुहोस्