२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


नागरिक लगानी कोषद्वारा नागरिक पेन्सन योजना सुरु


52
Shares

काठमाडौं, चैत ४ । नागरिक लगानी कोषले नागरिक पेन्सन योजना सुरु गरेको छ ।

३०औं वार्षिकोत्सको अवसर पारेर कोषले नागरिक पेन्सन योजना सुरु गरेको हो ।

बचत संकलनको दायरालाई फराकिलो बनाउनको लागि स्वरोजगार एवं वैदेशिक रोजगारीमा रहेका नेपालीलाई समेट्ने गरी पेन्सन योजना सुरु गरिएको कोषले जनाएको छ ।

कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषले मुलुकको समग्र राष्ट्रिय उत्पादकत्वमा समेत योगदान पुर्‍याउने नीति अवलम्बन गरेको भन्दै सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानमा योगदान पुर्‍याउनेतर्फ काम गरिरहेको बताए ।

पुँजीबजारको स्थायित्व र विकासमा अहं भूमिका खेल्ने उद्देश्यले कोषले पुँजीबजारको विकास र विस्तारको लागि नागरिक स्टक डिलर कम्पनी लिमिटेड दर्ता गरिसकेको जानकारी पनि उनले दिए ।