२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


निगमकोे क्वालालम्पुर उडान पनि स्थगित


0
Shares

काठमाडौं, चैत ४ । नेपाल वायुसेवा निगमकोे मलेसियाको क्वालालम्पुर उडान पनि स्थगित गरिएको छ ।

निगमले मलेसियाको क्वालालम्पुरमा गर्दै आएको नियमित उडान हाललाई स्थगित गरेका जनाएको हो ।

‘कोरोनाभाइरस’को संक्रमण जोखिमलाई न्यूनीकरण गर्न मलेसिया सरकारले सबै विदेशी नागरिकलाई आफ्नो मुलुकमा प्रवेशमा रोक लगाएकोले क्वालालम्पुरको नियमित उडान हाललाई १७ मार्च २०२० बाट अर्को निर्णय नहुन्जेल स्थगित गर्नुपरेको निगमले जनाएको छ ।

२०२० मार्च १७ तारिख र सोभन्दा पछिका उडानका टिकट खरिद गरेका यात्रीहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने पनि निगमले जनाएको छ ।