Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल : आज नेपाल र थाइल्याण्ड भिड्दै


299
Shares

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज बिहीबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र थाइल्यान्डबीचको खेल चोनबुरी थाइल्यान्डमा नेपाली समयअनुसार साँझ पौने ६ बजे हुनेछ ।

थाइल्याण्डविरुद्ध मैदानमा उत्रदा नेपाल घरेलु टोलीलाई कडा टक्कर दिने योजनामा हुनेछ ।

नेपालले सन् १९८७ यता तीन दशकको अन्तरमा थाइल्यान्डविरुद्ध खेल्न लागेको हो । थाइल्यान्डविरुद्ध दुई खेल खेल्दा दुवैमा नेपाल पराजित भएको थियो ।

एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले फिफा वरीयतामा आफूभन्दा माथि रहेको थाइल्याण्डसँग खेल्न लागेको हो ।

नेपालले १३ चैतमा थाइल्यान्डको चोनबुरी एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

दुई मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय पुरुष फुटबल टोली सोमबार थाइल्यान्ड प्रस्थान गरेको थियो ।