
काठमाडौं । गायिका मेलीना राईको स्वरमा ‘मन मनै त हो’ गीत सार्वजनिक भएको छ ।
गीतमा अर्जुन रत्न भिखारीको शब्द, सुनिल मास्केको संगीत, रहेको छ ।
लण्डनमा रहेका युवा निर्देशक कुशल श्रेष्ठको छायाङ्कन, सम्पादन र निर्देशनमा म्यूजिक भिडियो निर्माण भएको हो ।
गीत लण्डन प्लमस्टिडस्थित गोर्खा क्लबमा एक कार्यक्रमकाबीच भिडियो सार्वजनिक भएको हो ।
गीतमा लण्डनका विभिन्न शरहको दृश्य समेटेर भिडियो बनाइएको छ । भिडियोमा नायक ध्रुब दत्त र अमिका महतको अभिनय रहेको छ ।
प्रतिक्रिया दिनुहोस्