
काठमाडौं, चैत ४ । स्पेनमा ‘कोरोनाभाइरस’बाट एकजना फुटबल प्रशिक्षकको मृत्यु भएको छ ।
कोरोना संक्रमणपछि मालागास्थित एथ्लेटिको पोर्टाडा अल्टा क्लबका जुनियर टिमका प्रशिक्षक २१ वर्षीय फ्रान्सिस्को गार्सियाको मृत्यु भएको हो ।
कोरोना संक्रमित भएपछि ‘आइसोलेसन’मा बसेका उनमा ब्लड क्यान्सरसमेत रहेको पुष्टि भएको थियो ।
स्पेनमा कोरोनाभाइरसको संक्रमणका कारण आपत्कालीन अवस्थाको घोषणा गरिएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्