२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


इटालीको कारागारमा दंगा, नौ जनाको मृत्यु


0
Shares

एजेन्सी । कोरोना संक्रमण रोक्न इटली सरकारले कारागारमा रहेका कैदीबन्दीहरुलाई उनीहरुका आफन्तजनसंग भेट गर्न रोक लगाएपछि भडकिएको दंगामा ९ जनाको मृत्यु भएको छ ।

इटलीको मोडेना, नेपल्स, पोगिओरेले, फोगिया र रिएती गरी २० वटा कारागारमा दंगा हुँदा ९ जना कैदीहरुको ज्यान गएको हो ।

सरकारले कैदीबन्दीलाई कोरोना भाइरसबाट जोगाउन वेवास्ता गरेको र परिवारजनसँग पनि भेट गर्न नदिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

उनीहरुले कारागारको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई आक्रमण गर्नुका साथै केही कर्मचारीलाई बन्दी बनाएका छन् ।

कैदीहरुले कारागारमा रहेका फर्निचरहरु जलाउनु साथै क्यान्टिनमा पनि आगजनी गरेका छन् । स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।