
एजेन्सी । भारतमा कोरोना भाइरसका कारण मर्नेको संख्या तीन पुगेको छ ।
मुम्बइको कस्तुरबा अस्पतालमा ६४ वर्षका एक वृद्धको आज मृत्यु भएको हो ।
गत हप्ता ती वृद्ध र उनको श्रीमती र छोरालाई अस्पताल भर्ना गरिएको थियो । उनीहरु तीनैजना दुवइबाट आएका थिए ।
मंगलबार उपचारको क्रममा वृद्धको मृत्यु भएको हो भने पत्नी र छोराको उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या एक सय २८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्