Logo १७ पुस २०८२, बिहिबार | Fri Jan 2 2026


फोहोरबाट ग्याँस उत्पादन गर्नेे तयारी, दैनिक ७० देखि ८० सिलिन्डर उत्पादन हुने


0
Shares

 -राकेश बस्नेत/ इमेज 

दाङ । घोराहीमा फोहोरबाट ग्याँस उत्पादन गर्ने प्लान्ट निर्माण कार्यले तीव्रता पाएको छ ।

६ महिनाको अवधिमा ६० प्रतिशत काम सम्पन्न भएको योजनालाई ३–४ महिनाभित्रै सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।

दाङको घोराही उपमहानगरमा फोहोरबाट वायोग्याँस उत्पादन गर्ने योजनाअन्तर्गत २०७५ सालको मंसिर महिनामा सम्झौता गरिएको थियो ।

२ बिघा १२ कठ्ठाको क्षेत्रफलमा निर्माण हुन लागेको उक्त संरचनाको लागत १९ करोड ८५ लाख रुपैयाँ हुने बताइएको छ ।

सोही अनुसार गत भदौ महिनादेखि संरचना निर्माणको काम समेत सुरु भएको हो ।

बायोग्याँस प्लान्ट निर्माण गर्ने स्थानमा रहेका रुख कटान तथा त्यसको व्यवस्थापनमा ढिलाइ हुँदा निर्माणमासमेत ढिलाइ भएकामा अहिले भने कामले तीव्र गति लिएको छ ।

अहिलेसम्म करिब ६० प्रतिशत संरचना निर्माणको काम भइसकेकोे नेपाल उर्जा विकास कम्पनी प्रा.लिका म्यानेजर हरीशरण श्रेष्ठको भनाइ छ ।

संरचना निर्माणको काममा कुनै समस्या नभए ३/४ महिनामा सबै संरचना निर्माण भइसक्ने र सञ्चालनमा समेत आइसक्ने उनको भनाइ छ ।

संंरचना निर्माणपछि प्राविधिक काम गर्ने र  उपमहानगरपालिकाको ल्याण्डफिल्ड साइडमा फोहोरबाट ग्याँस उत्पादनको काम गर्ने सम्झौता भएको घोराही उपमहानगरपालिकाका प्रवक्ता भरत अर्याल बताउँछनत् ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, नेपाल ऊर्जा विकास कम्पनी प्रालि र घोराही उपमहानगरपालिका बीच त्रिपक्षीय सहकार्यबाट फोहोरबाट ग्याँस उत्पादन गर्न थालिएको हो ।

जसमा विश्व बैंक तथा वैकल्पिक ऊर्जा पवद्र्धन केन्द्रले ४० प्रतिशत रकम दिने छ भने ६० प्रतिशत कम्पनी आफैले लगानी गरेको छ ।

कम्पनीले दैनिक ७० देखि ८० वटा ग्याँस सिलिण्डरसम्म ग्याँस उत्पादन गर्ने लक्ष्य लिएकोे इन्जिनियर गुरमिट सिंहको भनाइ छ ।

सम्झौताअनुसार कम्पनीले २० वर्षपछि संरचनासहित सबै पूर्वाधारहरू उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने भएको छ ।

२० वर्षसम्म उत्पादनको ५ प्रतिशत रकम उपमहानगरपालिकालाई प्रालिले दिने भएको छ । ग्याँस उत्पादन हुन थालेपछि उक्त स्थानमा २० देखि २५ जनाले रोजगारीसमेत पाउने छन ।

फोहोरबाट ग्यास तथा कम्पोष्ट मल उत्पादन हुने भएपछि उपमहानगरपालिकालाई फोहर व्यवस्थापनमा समेत सहजता आउने देखिन्छ ।