
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा अहिले नेपालले पपुवा न्युगिनी (पीएनजी)को सामना गरिरहेको छ ।
दुबई क्रिकेट रंगशालामा जारी खेलमा नेपालले टस जितेर बलिङ गरिरहेको छ । विश्वकप छनोटमा नेपाल ११ खेलमा ५ जित निकाल्दै १० अंक बनाएर तालिकाको छैटौं स्थानमा रहेको छ ।
नेपालले पहिलो खेलमा पीएनजीलाई हराउँदा दोस्रो र तेस्रो खेलमा यूएईसँग पराजित हुन पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस्