
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को ६ महिना लामो विवाद अन्ततः दुई समान हैसियतका अध्यक्ष राख्नेगरि मिलेकाे छ ।
नेतृत्वका दाबेदार डा. बद्रि केसी र कुल आचार्य दुवै जनालाई समान हैसियतको अध्यक्ष बनाउने गरी विवाद मिलाईएको हो । त्यस्तै, महासचिव, सचिव, उपाध्यक्ष लगायतका प्रमुख पद पनि थप्ने सहमति भएको छ । विवाद समधान भएकाले अब एकताको महाधिवेशन गर्ने सहमति पनि भएको जनाइएको छ ।
सहमति अनुसार दुई अध्यक्षले डेढ डेढ वर्षको कार्यकाल चलाउने छन् । अध्यक्षका अर्का दाबेदार रबिना थापालाई कसरी व्यवस्थापन गर्ने भन्ने चाहीँ अझै टुंगो लागिनसकेको बुझिएको छ । सहमतिसंगै पूर्व अध्यक्ष शेष घले पक्षले मार्च २४ र २५ मा गर्ने भनिएको छुट्टै महाधिवेशन पनि अब रोकिने बताईएको छ ।
त्यस्तै, अदालतमा रहेको मुद्दा पनि फिर्ता लिने तथा अधिवेशन तोकिएकै समय मार्च २४ र २५ मा चुनाव र त्यसपछि एकता महाधिवेशन गरिने बताईएको छ । संस्थापनले प्रतिनिधिमा छनोटमा धाँधली गरेको भन्दै कुल आचार्य पक्षले परराष्ट्र मन्त्रालयमा उजुरी गरेपछि एनआरएनएमा विवाद सुरु भएको थियो ।
विवादले उग्र रूप लिएपछि आचार्य पक्षले पूर्व अध्यक्ष शेष घलेको नेतृत्वमा मार्च २४ र २५ तारिखमा काठमाडौँमा छुट्टै महाधिवेशन घोषणा गरेको थियो ।
एनआरएनए पनि नेपालकाे राजनीतिक पार्टीहरुमा नेपाली काँग्रेस–माओवादी र एमाले कित्तामा विभाजित भएको छ ।
प्रतिक्रिया दिनुहोस्