१५ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025


इटालियन सिरी ए फुटबलमा युभेन्ट्सकाे सहज जित


78
Shares

काठमाडौं । इटालियन सिरी ए फुटबल प्रतियोगिता अन्तर्गत आइतबार राती भएको खेलमा युभेन्ट्सले सहज जित निकालेको छ ।

खेलमा युभेन्ट्सले सालेरनिटानालाई २–० गोल अन्तरले हराएको हो । युभेन्ट्सका लागि पाब्लो डिबला र डुसन भ्लाहोभिचले १-१ गोलको योगदान दिएका हुन् । खेलको पाँचौं मिनेटमा डिबलाले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाउँदा खेलको २९ औं मिनेटमा डुसनले गोल गर्दै युभेन्ट्सलाई २–० को जित दिलाएका हुन् ।

जितसँगै युभेन्ट्सले ३० खेलमा ५९ अंक जोडेको छ । युभेन्ट्स चौंथो स्थानमा रहेको छ भने सालेरनिटाना भने १६ अंक जोडेर पुछारमा रहेको छ ।