Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


क्लब भ्यालेन्सियाका पाँच खेलाडीलाई कोरोना भाइरसको संक्रमण


0
Shares

एजेन्सी । स्पेनिस फुटबल क्लब भ्यालेन्सियाका पाँच जना खेलाडीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

अर्जेन्टाइन डिफेन्डर इजेक्वेइल ग्यारीसहित पाँच जना खेलाडी र स्टाफलाई कोरोना देखिएको क्लबले बताएको छ ।

पाँचै जनाको स्वास्थ्य स्थिर रहेको र खेलाडीहरु अहिले सेल्फ आइसोलेसनमा बसेका छन् ।

युरोपमा इटालीपछि स्पेनमा कोरोनाभाइरसको संक्रमण बढिरहेको छ। जसका कारण स्पेनले सोमबारदेखि पूरै राष्ट्र बन्द गर्ने तयारी गरेको छ।

यसअघि ला लिगाका खेलहरु दुई साताका लागि स्थगित भएका थिए। रियल म्याड्रिडको टिम नै क्वारेन्टिनमा बसेपछि लिगको खेल स्थगित गरिएको थियो।