२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


कोरोना भाइरसविरुद्ध विकास गरिएको खोपको मानवमा परीक्षण गरिँदै


0
Shares

काठमाडौं । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरस संक्रमणबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक मानवमा परीक्षण हुन लागेको छ ।

अमेरिकामा यो खोपको पहिलो पटक मानवमा परीक्षण हुन लागेको हो । सोमबार हुने यो परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवीहरू सहभागी हुँदैछन् ।

संक्रमित नभएका ती स्वयंसेवीहरूले  खोपका विभिन्न मात्रा लिने अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सुरु गर्न लागेको खोप परीक्षण सीयाटलको काइसर पर्मानन्ट वाशिङ्टन हेल्थ रिसर्च इन्स्टिट्यूटमा हुन लागेको हो ।

पहिलो चरणमा कोरोनाभाइसविरुद्धको भ्याक्सिनको मात्राले प्रतिरक्षा प्रणालीले कुनै प्रतिक्रिया जनाए वा नजनाएको जाँच हुनेछ ।

एम.आर.एन.ए–१२७३ नामकरण गरिएको यो भ्याक्सिनलाई मोडेर्ना नाम गरेको निर्माताले बनाएको छ ।

खोपमा वास्तविक कोरोनाभाइरसको कुनै अंश नरहेको बताइएको छ । त्यसमा मेसिन्जर आरएनएको सानो भाग भएको जनाइएको छ ।

बिरामीको कोषलाई भाइरसको संक्रमणबाट जोगाउन वा रोगविरुद्ध लडेर निको पार्न आवश्यक प्रोटीन उत्पादन गर्न सक्रिय बनाउने वैज्ञानिकहरूको योजना छ ।(एजेन्सी)