२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


इटाली, स्पेन र फ्रान्समा कोरोना महामारी नियन्त्रण बाहिर, एकैदिन ५ सयको मृत्यु


0
Shares

एजेन्सी । कोरोना भाइरसका कारण यूरोपका तिन देश इटाली, फ्रान्स र स्पेनमा एकैदिन ५ सयको मृत्यु भएको छ ।

इटालीमा हिजोमात्रै ३ सय ६८ जनाको मृत्यु भएको छ । यो सँगै इटालीका कोरोनाभाईरसबाट ज्यान गुमाउनेको संख्या १८ सय ९ पुगेको छ ।

स्पेनमा हिजो ९७ जनाले ज्यान गुमाएपछि मृतकको संख्या २ सय ८८ पुगको छ भने फ्रान्समा हिजो एकै दिन २९ जनाले ज्यान गुमाएका छन् ।

बेलायतमा हिजो १४ जानाले भाईरसको संक्रमणको कारण ज्यान गुमाएका छन् । युरोपका देशहरु अहिले कोरोना भाईरसको महामारीको केन्द्रबिन्दु बनेका छन् ।

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ हजार नाघेको छ ।