२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


कोरोना त्रासः युरोकप फुटबल सार्न आग्रह


0
Shares

एजेन्सी । इटालीयन फुटबल संघले आसन्न युरोकप फुटबल प्रतियोगिता पर सार्न आग्रह गरेको छ ।

इटालीयन एफ.ए.ले युरोपियन फुटबलको सर्वोच्च निकाय युएफालाई पत्राचार गर्दै युरोकप फुटबल पर धकेलेर सो समयमा घरेलु लिगका खेलहरु सकाउन आग्रह गरेको हो ।

युरोकप फुटबल यसै वर्ष जुन १२ देखि जुलाई १२ सम्म युरोपका विभिन्न देशहरुमा आयोजना गर्ने तय भएको थियो ।

तर कोरोनाभाईरसको संक्रमणले युरोपियन देशहरु थलिएपछि सबै खेलकुद प्रतियोगिताहरु स्थगित गरिएका छन् ।

युरोकपबारे छलफल गर्न युएफाले भोलि भिडियो कन्फरेन्समार्फत बैठक गर्दैछ । सोही बैठकबाट प्रतियोगिता सारिएको निर्णय गराउन इटालीले आग्रह गरेको हो ।

विश्वभरका ठूला तथा साना खेलकुद प्रतियोगिताहरु स्थगित भईरहँदा जापानमा हुने टोकियो ओलम्पिकबारे भने अन्तिम निर्णय हुन बाँकी छ ।