
काठमाडौं, चैत २ । सुन चाँदीको भाउमा गिरावट आउने क्रम आइतबार पनि जारी रह्यो ।
आइतबार एकै पटक तोलामा १५ सयले कमी आएर ७७ हजारमा कारोबार भयो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १५ सयले घटेर ७७ हजारमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको हो ।
शुक्रबार पनि तोलामा ३ हजारले कमी आएर ७८ हजार ५ सयमा कारोबार भएको थियो । गत आइतबार स्थानीय बजारमा सुनको भाउ ८२ हजार ५ सय रहेको थियो ।
मंगलबार थप उकालो लागि ८२ हजार ५ सयको उचाईको रेकर्ड कायम गरे यता बुधबार देखि भने सुनको भाउ ओरालो लाग्न थालेको हो ।
यसरी यो आइतबारसम्म आइपुग्दा सुनको भाउ साढें ५ हजारले घटिसकेको छ । यस दिन चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर ७ सय ९० मा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रति औंन्स १५ सय १६ डलर हाराहारीमा कारोबार भैरहेको थियो ।
प्रतिक्रिया दिनुहोस्