२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


भक्तपुरको कौशलटारमा मिक्सचर बोकेको ट्याक्टरबाट खसेर एकको मृत्यु


208
Shares

भक्तपुर । मध्यपुर थिमि नगरपालिका–३ कौशलटारमा शुक्रबार राति गुडिरहेको मिक्सचर बोकेको ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बालुवा सिमेन्ट घोल्ने मिक्सचर बोकेको ना ७ त २७७४ नम्बरको ट्याक्टरमा सवार उदयपुर गाईघाट घर भई हाल ललितपुर ईमाडोल बस्ने १८ वर्षीय प्रदिप कार्कीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

अचानक ट्याक्टरबाट सडकमा खस्न जाँदा गम्भिर घाइते भई उपचारको लागि समिट अस्पताल लगि प्राथमिक उपचार पश्चात थप उपचारका लागि ट्रमा सेन्टर रिफर गरिएकोमा बाटोमा लग्दा लग्दै मृत्यु भएको परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिनुभयो ।

ट्याक्टर चालक झापाको कन्काई नगरपालिका–५ घर भई हाल ललितपुर ईमाडोल बस्ने २७ वर्षीय रोशन गुरुङलाई महानगरीय प्रहरी वृत्त थिमिको नियन्त्रणमा लिएको छ ।