
सिन्धुली । आँप उत्पादनका लागि उर्वर स्थान मानिने सिन्धुलीको कमलाखोँच क्षेत्रमा विगत वर्षको तुलनामा यसवर्ष आँपमा अत्यधिक फूल खेलेको छ ।
विगतका वर्षहरुमा फूल लाग्न नसकेका आँपका बृक्षहमासमेत यसपाली फूल फुलेपछि किसानहरु खुसी भएका छन् ।
हावी हुरीको प्रकोप नआए यसवर्र्ष सिन्धुली जिल्लामा २५ हजार मेट्रिक टन आंप उत्पादन हुने कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ ।
सिन्धुलीको खेतीयोग्य भू–भागको करीब ६ प्रतिशतमा आँप खेती गरिएको छ ।
उत्पादन भएका आँप काठमाडौं,नाराययणघाट तथा पोखरा आदि शहर–बजारहरुमा बिक्रीका लागि पुर्याउने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्