२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


थाइल्याण्डका सडकमा बाँदर आतंक, खान नपाएर भोकभोकै मर्न थाले


0
Shares

एजेन्सी । थाइल्याण्डमा कोरोना संक्रमण नियन्त्रणका लागि सार्वजनिक स्थलहरुमा भीडभाड नगर्न र धार्मिक स्थलहरुमा समेत नजान सूचित गरिएको छ ।

जसका कारण राजधानी बैंककलगायतका शहर सुनसान बन्दै जान थालेका छन । धार्मिक स्थल जाने कम हुन थालेपछि यसको असर भने त्यहां आश्रय बनाएका बाँदरहरुमा परेको छ ।

बाँदरहरु खानाको खोजीमा शहर पस्न थालेका छन् । बाँदरहरु सडकमा आउन थालेपछि सर्वसाधारणलाई हिंडडुलमा समस्या भएको छ ।

शहरमा बाँदर आतंक बढेपछि उनीहरुलाई खाना उपलब्ध गराउन सर्वसाधारणले सरकारसंग अपिल गरेका छन् । केही बाँँदर भने खानाको अभावका कारण मर्न थालेका छन् ।

थाइल्याण्डमा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ भने ४६ जना संक्रमित भेटिएका छन् । ३५ जना उपचार पछि निको भएर घर फर्किसकेका छन् ।