२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


भेरी नदीमा बेपत्ता भएका तीन बालबालिकाकाे शव भेटियाे


143
Shares

काठमाडौ । सुर्खेतकाे भेरी नदीमा बेपत्ता भएका तीन जना बालबालिकाको शव भेटिएको छ ।

तीन जनामध्ये एक जनाको बुधबार र दुईजनाको बिहिबार शव भेटिएको सुर्खेत प्रहरीले जनाएको छ । गत शनिबार नुहाउने क्रममा उनीहरु बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्तीले लेकवेशी नगरपालिका–२ का ८ वर्षीय दिनेश बुढाको भेरीगंगा नगरपालिका-२ स्थित भेरी पुल नजिकै बुधबार शव भेटिएको जानकारी दिनुभयो ।

त्यस्तै भेरीगंगा नगरपालिका–११ का १२ वर्षीय कृष्ण सिंजालीको बिहिबार दिउँसो र सोही ठाउँकी १२ बर्षीय गंगा खड्काको बेलुकी शव भेटिएको हो । दुबै जनाको शव भेरीगंगा नगरपालिका–१३ स्थित भेरी नदी किनारमा भेटिएको हो ।

बालबालिकाको शव पोष्टमार्टमका लागि मेहलकुना अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ ।