Logo १ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025


खानीगाउँमा फलाम खानी उत्खननको तयारी


0
Shares

नवलपुर । प्रदेश नम्बर ४ अन्तरगत नवलपुरको हुप्सेकोट गाउँपालिका–५ खानीगाउँमा रहेको फलाम खानी उत्खनन्का लागि पूर्वाधार निर्माणको काम अघि बढाइएको छ ।

खानीसम्म सडक, बिजुली तथा अन्य आवश्यक भौतिक पूर्वाधार पुर्‍याउन लागिएको धौवादी फलाम खानी लिमिटेडका अध्यक्ष सोमकान्त पौडेलले जानकारी दिए ।

खानीको कच्चा पदार्थमा ५८ प्रतिशतसम्म फलाम निकाल्ने हेमटाइडेवर पदार्थ भेटिएको छ ।

फलाम खानीका लागि ६० प्रतिशतभन्दा बढी हेमटाइडेवर उत्तम र ३० देखि ६० प्रतिशत मध्यम मानिन्छ  ।

साढे दुई वर्षभित्र फलाम उत्पादन गर्ने लक्ष्य राखिएको खानीबाट करिब दुई करोड टन फलाम उत्पादन हुने अनुमान छ  ।